Thursday May 16, 2024
BS 2081 Jestha 3
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

नेपाली सेनाले शिवरात्रिका दिन टुँडिखेलमा कन्सर्ट गर्ने, प्रवेश निःशुल्क

Feb 22, 2017 under National 834 , Entertainment & Fashion 305

काठमाडौं, फागुन १० । महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिकमञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।

गौरवमय इतिहास र परम्परा बोकेको संघीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ ।

सोही दिन टुँडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सन्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले स्थापना दिवस पारेर पहिलोपटक आयोजना गर्न लागेको उक्त ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रममा धेरैभन्दा धेरै जनसहभागिता होस् भन्ने हेतुले प्रवेशलाई निःशुल्क गरेको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक सर्वसाधारणलाई प्रवेशको लागि सैनिकमञ्चको पूर्वी र पश्चिमीद्वार तथा नेपाल वायुसेवा निगमअगाडि र सहिदगेटबाट व्यवस्था मिलाएको जनाइएको छ । रासस

No news.
Australian Dollar to Nepalese Rs